Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Wednesday, August 31, 2016

फेसबुकमा बुवा

लेखक Pawan on 10:53 PM संग 4 प्रतिकृया
बिहानै नोटिफिकेसनको आवाजले निद्रा खुल्यो। नोटिफिकेसन अफ गर्न बिर्सेको रहेछु। हाल म फेसबुकमा अघोषितरुपमा छुट्टीमा बसेको छु।आजकालका युवापुस्ता कमै मात्र यसरी छुट्टीमा बस्ने गर्छन्। मेरो साथी बिनोदले त फेसबुक 'डिएक्टिभेटनै गरेको छ। फेसबुकको दुनियाँ भन्दा बाहिर असली दुनियाँमा जिउने प्रयासमा छु। तरकेहि अनौठो लाग्छ। फेसबुक नोटिफिकेसन खोल्छु। हेर्छु । बुवाले मलाई फेरी आफ्नो पोस्टमा ट्याग गर्नुभएछ।
   
फेसबुकमा यो बुवाको दोस्रो वर्ष हो। अब त उहाले old memories बाट पुराना कहानीहरु दोहोर्‍याउन थाल्नु भइसक्यो। उहाले ती यादहरुलाई पनि सम्मानका साथ टिप्पणी सहित फेसबुकका भित्ताहरुमा पोस्टिनु हुन्छ। कहिले काही हेर्छु , काला चश्मामा भूवन केसी लुक्सका फोटोहरु देखिन्छन्। त्यसमा मेरी आमाका उमेरसमूहका महिलाहरु टिप्पणी माथी प्रति टिप्पणी पनि प्रशस्त देख्न पाइन्छ।    

मलाई फेसबुकमा टिप्पणी माथी टिप्पणी गर्न मिल्ने सुविधादेखि दिक्क लाग्छ। बुवा हरेक टिप्पणीको जवाफमा प्रति टिप्पणी दिइरहनु हुन्छ। यो उहाको दिनचर्याको पाटो हो।

मेरी आमा हैरान हुनुहुन्छ। मसँग गुनासो गर्नुहुन्छ - तिम्रो बुवा बच्चा भन्दा बढी हुनुभइसक्योसधैं मोबाइल मात्र खेलाएर बस्नुहुन्छ। परिवारको दृष्टिकोणमा म 'प्रविधि विज्ञमानिएको छु। 'बुवालाई सम्झाई /बुझाई गरोस्भन्ने सबैको ममाथि आश छ।

कहानी उहाको पहिचान बनेको छ। उहाका प्रत्येक स्टाटसमा कैयौं कहानीहरु लुकेर बसेका हुन्छन्। ती कहानीहरु कतिका साचो छन्हामीले कहिले थाहा पाएनौं।

आधुनिक समाजमा पनि पुरानै सती सावित्री बनेकोमा बुवाको आमाप्रति सधैं गुनासो रहने गरेको छ। कहिले काही रुष्ट पनि ।

एकदिन बुवाले मलाई अनुरोध गर्नु भयो, 'मलाई तेरी आमाले 'जहिले फेसबुक चलाएर बस्छभनेर गाली मात्र गर्छे। एक चोटी सम्झाइदे'न त्यसलाई।'
कहिले काही आमा मलाई भन्नुहुन्छ, 'बाबु मेरो पनि फेसबुक खोल्देन। तिम्रो बुवासँग कुरा गर्नै पाउदिन।'

मलाई डर लाग्छ - आमाको पनि फेसबुक खुलेपछि घरको अवस्था के रहला ?

साथीहरु मलाई भन्ने गर्छन्, 'अहिलेको युगमा पनि यस्तो आधुनिक बुवा पाएका छौंतिमी कति भाग्यमानी छौ।'

बुवालाई फेसबुकमा आएको एक वर्षभन्दा बढी भयो। उहाका साथी तीन हजार प्लस छन्। एउटा स्टाटसमा एक हजार भन्दा बढी लाइक्स आउछन्। उहाको आईडीबाट सधैंजसो क्याण्डिक्रसको रिक्वेस्ट आइरहन्छ।

जब बुवाको पोस्टमा ट्याग भएको थाहा पाए मैले एप्लिकेसन खोलेर हेरे। एउटा कहानी रहेछ। जसमा उहाको औला समातेर मेरो बाल्यकाल हिडिरहेको थियो। त्यस स्टाटसमा २० भन्दा बढी टिप्पणीहरु आएका छन्। केहि उहाका साथीहरु त केहि मेरा । धेरैजसो त नातेदारहरुको उपस्थिति थियो।

म उहाका स्टाटसलाई बिरलै नियाल्छु। कहिलेकाहि झुक्किएर लाइक गर्छु। टिप्पणी त कहिले गर्दिन। लाग्छउहालाई मेरो टिप्पणीको आवश्यकता छैन। उहा चार दशकको आफ्नो अनुभवले नै समृद्ध हुनुहुन्छ। आमाबुवाको साथ बच्चाको सफलतामा भन्दा पनि असफलतामा हुन्छ। बुवाआमाले असफलतामा साथ छोड्दैनन् बरु हौसला दिएर अगाडी बढ्न प्रोत्साहित गर्छन्।  

सन्तानले गरेका गलतीलाई सच्याएर असल बाटोमा डोर्‍याउछन् - उहाले जो हामीलाई सिकाउनुभएको छ। आज 'म जहा छुजुन अवस्थामा छु', त्यो सब मेरो बुवा आमाको देन हो।

आमाले दिनको तीन चोटी के 'खाइस् कि खाइनस्?'  'सञ्चै छस्बाबु?' भनेर सोधनुहुन्छ। बुवाले मलाई खासै फोन गर्नुहुन्न। आज कुशें औंशीको दिन बिहानै मैले बुवालाई सम्झेर फोन गरे । बुवाले मिनेट नबत्दै फोन आमालाई थमाइदिनुभयो।

आमाबाट मैले बुवाको गुनासो सुन्न पाए, 'के हो बाबु ? तैले बुवाले राख्या फोटोमा कमेन्ट नै गरिनस् रे'?'


Tuesday, April 19, 2016

नाटक समिक्षा: थिएटरमा सेक्सपियरको उत्कृष्ट ट्राजेडी 'ह्याम्लेट'

लेखक Pawan on 8:23 AM संग प्रतिकृया छैन
तस्विर: दिव्यदेव पन्तकाे फेसबुक पेजबाट

'ओथेलाे'
 पछि सेक्सपियरका ट्राजेडीमा मलार्इ 'ह्याम्लेट' उत्कृष्ट लाग्छ। पुस्तकदेखि विशाल भार्द्वाजकाे 'हैदर' सम्म आइपुग्दा ह्याम्लेटलार्इ भिन्न भिन्न रूपमा हेरिसकेपनि पहिलाेपटक थिएटर मै नेपाली परिवेशमा 'ह्याम्लेट'लार्इ अझ करिबबाट महसुस गर्ने माैका पाए।

शनिबार 'ह्याम्लेट' नाटक चलिरहेकाे लाजिम्पाटकाे थिएटर भिलेज भरिभराउ थियाे। वियाेगान्त नाटकमध्य उत्कृष्ट मानिएकाे 'ह्याम्लेट' आफ्नाे पिताकाे हत्याकाे बदला लिन छाेराले गरेकाे संघर्ष र मृत्युकाे कथा समेटिएकाे छ। करिब १ घण्टा ३० मिनेट लामाे ट्राजेडीमा नाटकमात्र हेरिएन, ह्याम्लेट चरित्रलार्इ नियाल्ने प्रयत्न पनि गरियाे। 'ह्याम्लेट'ले साच्चिकै मन छाेयाे।

ह्याम्लेट त्यस्ताे पात्र हो, जसले प्रतिशोधको भावनालार्इ मनमा जिवित पारिरहेको छ। बुवाकाे अन्त्यष्टी गर्नेबेलामा ह्याम्लेटले आफ्ना बुवाकाे प्रेतात्मालार्इ देख्छ। प्रायजसो गरि यस नाटकमा पनि सेक्सपियरले भुतपिचासलार्इ पात्र बनाएका छन्।

ह्याम्लेटले प्रेतात्माबाट आफ्ना काकाले बुवाकाे षड्यन्त्रपुर्ण हत्या गरेकाे वास्तविकता बुझ्छ। उ आफ्नो बुवाको कुटिलपुर्ण हत्या गर्ने काकासँग बदला लिन चाहन्छ। प्रेतात्मासँग उसले काकासँग बुवाको हत्याको बदला लिने प्रतिज्ञा गर्छ।
त्यस घटनाका एकमात्र साक्षी एकजना ह्याम्लेटका वफादार हिरासिहं नामका पात्र हुन्छन्।

अब उ कठोर बन्छ। उसले प्रेम, स्नेह र हर्ष बिर्सेको छ। नाटक भरि ह्याम्लेटविरूद्ध षड्यन्त्रका जालो बुनिरहन्छन्। ह्याम्लेटलार्इ दरबारभित्र र समाजमा 'पागल'को संज्ञा दिइन्छ।

ट्राजेडीको पाटो - प्रोटागोनिष्ट (नाटककाे मुख्य पात्र)ले गलती गरेकाे, जसको परिणाम स्वरूप उसले ट्राजडी भोग्नुपर्छ। निर्णायक ठाउमा सहि कदम चाल्न नसक्दा उसले दुखान्त वेहोर्नुपर्छ। 

ह्याम्लेटले नाटकमा धेरै पटक आफ्ना गलत कदमहरू चाल्दै जान्छन्। जसले उनलार्इ संकटको घेरामा नचाइ राख्छ। जसको परिणाम स्वरूप उसले जिन्दगी सबै प्रिय कुरा गुमाउछ । उसले आफ्नी आमा, प्रेमिका पनि गुमाउछ। उसले आफ्नो प्रतिज्ञाको सपथ लिएको काकासँग बदला लिएर पुरा गर्छ। त्यसपछि उसले आफ्नो प्राण पनि गुमाउछ। मर्नु अगाडि उसले हिरासिहंलार्इ आफ्नो कथा संसारलार्इ सुनाउनका लागि जिवित रहन आग्रह गर्छ।

अन्तिममा सबै पात्रहरूको मृत्यु हुन्छ।

नाटकमा ह्याम्लेटको चरित्र निर्वाह गरेका दिव्यदेव पन्तले बेजोड अभिनय गरेका छन्। ह्याम्लेटकी प्रेमिका ओजस्वीको भुमिकामा मिस नेपाल श्रष्टि श्रेष्ठको अभिनयलार्इ सन्तोषजनक मान्न सकिन्छ।

साथै अरू कलाकारको अभिनयमाथी प्रश्न उठाउने ठाउ भने छैन। नाटकमा कमलमणि नेपाल, राजकुमार पुडासैनी, अरुणा कार्की, भोला सापकोटा लगायतका कलाकारकाे अभिनय रहेकाे छ।  

अंग्रेजी नाट्यकार विलियम सेक्सपियरले रचेका ट्राजेडी '
ह्याम्लेट' लार्इ नेपालीमा अनुवाद सृष्टि भट्टराईले गरेकी हुन् भने नाटककाे निर्देशन ग्रेगरी थमसन र विमल सुवेदीले गरेका हुन्। वैशाख २५ गतेसम्म मञ्चन हुने यस नाटक शुक्रबार र शनिबर भने दिउँसो १ बजे बाहेक हरेक साँझ साढे पाँच बजे सुरु हुन्छ। कसैले हेर्नुभएको छैन भने हेर्न मेरो सुझाव छ। 

Wednesday, January 20, 2016

साहारा

लेखक Pawan on 1:37 AM संग प्रतिकृया छैन

कविराजले आँखा उघा¥यो । तर दिनले आँखा छोपेजस्तो छ । बाहिर मौसम धुम्म देखिन्छ । पानी पर्छ कि कसो ? कविराजलाई शंका लाग्यो ।

तर काम गर्न जानुपर्ने । जुरुक्क उठ्न खोज्यो । एकास्सी टाउको रनक्क भएर आयो । कविराजलाई निकै साह्रो दुखाइको महसुस भयो । उनले सिरकभित्र शिर लुकाएर बस्नुमा नै ठिक ठाने ।

तर उनलाई जागिरमा नगै नहुने । केहिबेर त उनलाई जबर्जस्ती उठेर हिंडू जस्तो लाग्यो । कहिले केहि हुनुनपर्ने, आज अचानक टाउको दुख्न लाग्यो । यस्तो भर्खरको उमेरमा पनि असह्य जस्तो हुने भइयो । आफुलाई झन बुढेसकालमा पनि कसैको साहरा नलिई बाच्न पाइयोस भन्ने ठुलो इच्छा छ । अरुको भरमा बाच्नु पनि के जिन्दगी ? एक्लै संघर्ष गर्छु भनि तीस वर्षको हुँदासम्म बिहे त गरिएन । कविराज रीसको झोकमा सिरक भित्रै हिनताको भावमा मनमा कुरा खेलाइरहेका थिए ।

कविराजलाई तातो चिया खान मन लागेर चिच्याए “रामे ओइ रामे”। उनले सम्झिए–रामे त आफ्नी बुढी बिरामी छिन् भनेर खर्च लिइओरी घर‘पो गएको थियो । 

बुढी हजुरआमा हातमा एक गिलास तातो पानी लिएर कोठा भित्र पसिन् । मधुरो आवाजमा उनले कविराजलाई बोलाउदै भनिन् “बाबु कविराज, के भयो, हँ ?”

कविराजले स्वर बिगार्दै भन्यो “केहि भएन आमोइ, हल्का टाउको दुख्या छ ।” 

कविराजले विस्तरको भित्तामा अडेस लगाएर तातो पानी सुरुप्प पा¥यो । उनलाई अचम्म लाग्यो । आमोइले नुन, बेसार अदुवा ज्वानु हालेर तातोपानि ल्याएकी थिइन् । यती बुढो भएर पनि कति जागर लगाउनुभएको ?

एकछिन कपाल कन्याएर तिनले आमोइलाई सोधे, “आमोइ बुढी भएरपनि कति जागर चलाउनुभएकी ?
यस्तो भर्खरको नातीलाई नि यत्रो स्याहार गर्नुपर्छ त ?”
“ अहिलेसम्म तिम्रा बुवाकाकाहरुलाई जन्माएर हुर्काइयो । नातीको स्याहार गर्न कुन ठुलो कुरा भयो र ? ”, आमोइले भनिन्”, “अब हामी त डाँडापारिको घाम भइहाल्यौ । अब तिमीले पनि नातिनीबुहारी ल्याउनुपर्छ, बाबु ।”
कविराज एकछिन अलमलमा प¥यो । त्यसपछि फेरी सिरकले मुख छोपेर घारिन लागे “ यी आमोइ पनि के के बोल्छिन् ? दिनभरी छरछिमेकमा दशथरी कुरा सुन्यो । कहिले फलानाकी छोरी भन्दै बिहे प्रस्ताव बोकेर आउछिन् । यो संसारमा बिहे नभई जुनी चल्दैन र भन्या ? गौतम बुद्धले आफ्नो घरबार त्यागेर संसारलाई हित गर्ने मार्गदर्शक बने । मलाई त बिहे एउटा भुमरी जस्तो लाग्छ । जसमा परेपछि उम्कन निकै गाह्रो हुन्छ ।”

मध्यान्ह १२ बजेतिर कविराज सकिनसकि उठ्ने कोसिस गरे । तर रिगंटा लागेर उनि फेरी ओछ्यानमा लड्न पुगे । त्यसपछि आफ्नो दुर्बलता देखि हरेस खादै उनि फेरी सिरकले मुख छोपे । भोक लाग्यो । उनको पेट अचानक कराउन लाग्यो ।

एकछिनपछि आमोइले ‘बाबु’, ‘बाबु’ भन्दै बोलाको सुनियो । कविराजले सिरक उघारेर हे¥यो । आमोइले एउटा कचौरामा तातो सुप लिएर आउनु भएछ । उनि फेरी अडेस लाएर बसे ।

कविराजले नाक खुम्चाउदै भन्यो “कति दुख ग¥या बुढीमाउ ? नातीलाई पाप कटाउने सोच छ हो ?”

आमोइले चर्को रुपमा जवाफ दिइन्, “पुण्य कमाउन त बुहारी भित्र्याउनु पर्छ । म छन्जेल त यतीको स्याहार भै‘छ । भोली म नहुँदा कसले हेर्छ ?”

कविराज स्तब्ध भयो । भविष्यको बारेमा सोच्न लाग्यो । साच्चै हो त । अहिले बिरामी हुँदा त बुढी हजुरआमाको सहारा चाहिएको छ । भोली बुढेसकालमा एक्लै त कसरी बाच्नु ? बुढापाकाहरुले भनेकै छन् ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’। सानो हुँदा आमाबुवाले नहुर्काको भए आफु यत्रो ठुलो भइदैनथ्यो होला । एकअर्काको भर नपरि त संसार नै चल्दैन ।  त्यसपछि उनलाई निद्राले छोप्दै गयो ।

भालि बिहान कविराजको आँखा सबेरै उघ्रियो । उनि हिजोभन्दा अलि बढि नै स्वस्थ देखिन्थे । उनले ‘आमोइ’ भन्दै बोलाए । हजुरआमा तातो चिया लिएर भित्र पसिन् । नातीको उज्यालो मुख देखेर आमोइ दगं परिन् ।
 कविराजले आमोइसँग दराजमा थन्काएर राखेका कन्याका तस्विरहरु देखाउन भन्यो । आमोइले एकैछिनमा दश बित्ता उफ्रेर गई तस्विरहरु लिएर आइन् । त्यसपछि आमोइ र नाती मिलेर पालैसित प्रत्येक तस्विरहरु नियाल्न लागे । कसैका आँखा  साना कसैका नाक ठुला । आमोइले आफुलाई मनपर्ने केटिको तस्विर देखाइन् । ज्यानले अलिकति मोटी भएपनि कविराजलाई त्यो केटी मनप¥यो ।

Friday, June 26, 2015

प्रेम इस्तिफा

लेखक Pawan on 3:00 AM संग प्रतिकृया छैन
प्रसादले आफ्नी प्रेमीका अनामिकालाई इस्तिफा  दिएर आयो । कसैले जागिर छोडेर इस्तिफा दिएकोमा खासै चासो हुदैन । तर मलाई प्रेमीकालाई इस्तिफा भन्नासाथ  उनिहरुको प्रेमकथा जान्न रहर लाग्छ, त्यस्तो प्रेममा पक्का पनि निवेदन देखि नियुक्तीसम्मको कुरा पनि आउला । प्रसाद मेरो मिल्ने साथी भएकोले मैले उसको प्रेमका लागी सक्दो सहयोग गर्छु । प्रेमको पहिलो प्रस्तावको लागी  प्रेमपत्रपनि मैले लेखिदिएको थिए । जवाफमा एउटा पत्र आएको थियो जसमा प्रसादले मान्नैपर्ने सर्तहरु बुदागत रुपमा लेखिएका थिए । अरु केटिहरु लाई नजर लगाउन नपाइने, सातामा एकपटक घुमाउन लानुपर्ने, अफिसको समयका फोन गर्न नपाइने आदि जस्ता कुरा लेखिएको थियो ।  मैले यस्तो प्रेम सम्बन्ध देखेको छैन । जहासम्म मैले प्रसादलाई जानेको छु, उ एउटा बेरोजगार बिद्यार्थी हो र उ केवल अनामिकालाई मनपराउछ ।

Sunday, June 21, 2015

केटि साथी

लेखक Pawan on 8:46 AM संग प्रतिकृया छैन
मेरो साथीको फेसबुकमा असाध्य मिल्ने एउटी मित्र छिन् । उ हमेशा त्यो केटिको बारेमा कुरा गरीरहन्छ । प्राय तिनीपनि मेरो साथीको स्टाटस हरुमा लाइक र कमेन्टहरु गरिरहेकी हुन्छिन् । तर उनिहरु क्याम्पसमा भने भेट्दा बोल्दैनन् भन्नासाथ केटीको बारेमा जान्ने इच्छा लाग्यो, मेरो साथी त बोलक्कड छ मैले उ चुपचाप बसेको अहिलेसम्म देखेको छैन । भरसक यो मेरो साथीको लागी अनौठो अनुभव होला । बोलक्कड मान्छे कसै सगँ भेट्दा बोलचाल गर्न सायद नै हडबडाउँछन् । तर भर्खर चिनजान गरेकी तिनी केटिको कुरा अर्काे होला ।

Monday, April 6, 2015

प्रेम ग्रहण

लेखक Pawan on 2:32 AM संग प्रतिकृया छैन
युवक युवतीलाई धेरै माया गथ्र्याे । उमेर छदा एकले अर्कालाई मन नपराउने सायदै होला । जैलेनि आफ्नि प्रेमिकालाई खुशी पार्न युवक केही न केही गरिरहन्थे । कहिले मनपर्ने परिकार खुवाउन रेष्टरेन्ट लान्थ्यो । घुमाउन अनेक ठाउ लैजान्थ्यो । नहेरी छुटाएको कुनै सिनेमा थिएन । तर युवक तिनी युवतीलाई चाहे जति खुशी देख्नपाउदैन थियो ।

एकदिन युवकले नयाँ स्कुटर हुइक्याउदै ल्याएर युवतीको अगाडी रोक्यो ।
“हेर, मैले तिम्रो लागि के ल्याएको छु ।”
युवतीले उत्साहको दृष्टिले नयाँ स्कुटर हेरिन् र युवकलाई अकंमाल गरिन् ।
“ आहो तिमी मलाई कति माया गर्छै । तर मलाई त स्कुटर के साइकल पनि चलाउन आउदैन । के गर्ने ? ” युवतीले गह भर्दै भनिन् ।

Tuesday, March 3, 2015

बिहेको विचार

लेखक Pawan on 5:41 AM संग प्रतिकृया छैन
मंसिर भन्ने बितिक्कै स्वाभाविक रुपमा एउटा सोच आइहाल्छ — बिहे । आजभोलित यस महिनाभरि फेसबुक, ट्विटर मा प्राय यसैलाइ विषयवस्तु बनाएर रचनाहरु का बाढि ओइरिन्छन् । बिहाबारी को कुरामा मेरो मत सधै परम्परागत नै हुन्छन् । प्रेम प्रसंगमा भने मेरो सोच अलि भिन्न छ । कैले काही सोच्छु शेक्सपियर, दान्ते जस्ता व्यक्तित्वहरुले त्यसै प्रेमको गीतकविता रचेका थिएनन् । तापनि यस्तो लाग्छ — यि कुराहरु पढ्न र सुन्न मात्र रोमान्टिक लाग्छन् ।
भनिन्छ केटिहरु प्रेमको मामिलामा अन्तर्मुखी हुन्छन् । तर आजभोलि त केटिहरु को लागी सामाजिक सञ्जाल अत्यन्तै सहज माध्यम बनेको छ । त्यस्तै क्याम्पसमा मुन्टो बटारेर हिड्ने केटिहरु पनि मेसेञ्जरमा गफिन चाहि पछि पर्दैनन् ।

Tuesday, December 30, 2014

एउटी केटी ' A Girl '

लेखक Pawan on 6:17 AM संग १ प्रतिकृया
एक बिहान आठ बजे उठे । आखा मिच्दै गर्दा मेरो दोस्त समिरले वासुदेवको कार्यक्रममा सगैँ जाने कुरा झल्यास्स सम्झे । अहो अब त बित्यो हतार हतार आफुलाइ तयार गरे । खाना साना छिटो खाएर रत्नपार्क निस्के । उसोत ' जहिले ढिला आउछस' भन्छन साथीहरु । त्यसमाथि सवा नौ मा पुगे । गोकर्ण र समिर मलाइ पर्खेर बसेका रहेछन' । समिरत भर्खरै आएको रहेछ । गोकर्णले राम्रो जानकारी नपाएर एक घन्टा कुर्नुपरेछ ।

अब हामी जावलाखेलतर्फ लाग्यौँ । कक्षामा हमेशा केही प्रश्न गर्ने भएर वासुदेवले त्यहा केही प्रश्न गरोस भन्ने मनोसाय प्रकट गरेको थियो । ठन्डीमा शिर्षक उपयुक्त थियो, 'Global Warming' ।

Tuesday, November 25, 2014

हरियो बत्ति - A Green Signal

लेखक Pawan on 12:59 AM संग प्रतिकृया छैन
म र साथीहरु English को क्लास लिदै थियौँ । सर आफनो शैलीमा हामीलाइ निबन्धका परिकारहरु चखाउदैहुनुन्थ्यो । हामी एकसुरले सरको lecture मा ध्यानमग्न भएका थियौँ ।
त्यसै बखत एउटी केटीले मसगँ कापी सार्न भनि मागिन् । 'लौ सार' भनेर तिनीलाई कापी दिए । जहासम्म मलाइ याद छ , मैले तिनीलाई अघिल्लो वर्ष क्याम्पसमै देखेको थिइन् । त्यसै सिलसिलामा चिनाजाना भो । अचम्म के भो भने हरेक कक्षामा तिनी म सगैँ बसिन् । हाम्रो विषयपनि मिल्दो रहेछ ।
पछिपछि भेट हुने, बोल्ने क्रम जारी रह्यो । एकपटक के भो भने हामी साथीहरु सगैँ घर फर्कदै थियौँ । मेरो नजर हाम्रो अगाडि एक्लै हिडदै गरेकी त्यै केटी माथी गयो । गफको सुरमा त्यस्तो वास्ता भएन । तर जब सब छुट्टीएर गाडी कुर्ने बेला भो तिनी मेरो समिप आएर उभिइन् ।