युवक युवतीलाई धेरै माया गथ्र्याे । उमेर छदा एकले अर्कालाई मन नपराउने सायदै होला । जैलेनि आफ्नि प्रेमिकालाई खुशी पार्न युवक केही न केही गरिरहन्थे । कहिले मनपर्ने परिकार खुवाउन रेष्टरेन्ट लान्थ्यो । घुमाउन अनेक ठाउ लैजान्थ्यो । नहेरी छुटाएको कुनै सिनेमा थिएन । तर युवक तिनी युवतीलाई चाहे जति खुशी देख्नपाउदैन थियो ।
एकदिन युवकले नयाँ स्कुटर हुइक्याउदै ल्याएर युवतीको अगाडी रोक्यो ।
“हेर, मैले तिम्रो लागि के ल्याएको छु ।”
युवतीले उत्साहको दृष्टिले नयाँ स्कुटर हेरिन् र युवकलाई अकंमाल गरिन् ।
“ आहो तिमी मलाई कति माया गर्छै । तर मलाई त स्कुटर के साइकल पनि चलाउन आउदैन । के गर्ने ? ” युवतीले गह भर्दै भनिन् ।
युवकले मायाले भन्यो “ किन चिन्ता गरेकी ? म सिकाइहाल्छु नि । भोलीबाट तिम्रो तालिम सुरु भयो । ”
युवती को मुहारमा धेरैपछिको उत्साह देखेपछि युवकले हलुका महसुस गर्याे ।
भोली पल्ट युवक र युवती स्कुटर लिएर चौरी आए । युवकले युवतीलाई स्टार्ट गर्ने, अगाडी बढाउने, ब्रेक लगाउने सबै तरिका बताउथ्यो । युवतीले पनि एकदुइ फन्को लगाउथिन् । तर कहिले त्यो स्कुटर कहिले चिप्लन्थ्यो त कहिले रुखको ठुटोमा ठोकिन्थ्यो । अब फेरी युवकले प्रमिकाको मुहार उत्साह हराएको देख्न थाल्यो । तनावमा युवक चरोट सल्काउन लाग्यो ।
ति सब घटना एक भर्खरको ठिटोले नियालीरहेकोथ्यो । त्यो ठिटो आफ्नो साइकल लिइ वोरै आयो ।
“तपाइलाई त साइकल नि राम्ररी आउदैन जस्तो छ । सिधै स्कुटर भएर गाह्रो भएको ।”
युवतीले बढा ध्यान दिएर ठिटोलाई हरिन् । ठिटो दुब्लो शरीर भएको, गहुगोरो, ठिकठिकै अग्लो र आकर्षक देखिन्थ्यो । ठिटो का आँखामा अनौठो चहक थियो ।
“त्यहि त हेर्नु न ! म साइकल नजानेकीले स्कुटर सिक्न त गाह्रो हुदोरहेछ । पहिला त साइकल सिक्नुपर्ने भयो । ”तिनले भनिन् ।
युवतीले ठिटोको साइकल सिक्ने भइन । युवक युवतीलाई फेरि उत्साहित देख्न पाएर मख्ख पर्यो । युवक तिनलाई अगाडि राखेर चलाउन लाग्यो । एकछिन रमाइलो भयो । तर घरि घरि युवतीको बादलु केशराशी उडेर युवकका आखा वरिपरि नाच्न थाले । केही नदेखेर युवक अलमलियो र रुखको ठुटोमा ठोकिएर लडायो । युवक सामान्य घाइते भयो तर युवतीलाई केहि भएन ।
युवक आराम गर्न थाल्यो । युवतीको उत्साह घटेको थिएन । अब ठिटो युवतीलाई अगाडि राखेर साइकल चलाउन लाग्यो । युवती को बढ्दै गरेको उत्साहलाई पुर्णिमाको जुन सम्झि युवक दुखाइ बिर्सन थाल्यो ।
साझ पर्दै थियो । ति ठिटा–ठिटि साइकल चलाउदै, लड्दै, पड्दै रमाउदै थिए । अब लगभग युवतीले साइकल चलाउन जानिसकिन् । त्यसपछि युवती ठिटोलाई अगाडि राखेर साइकल चलाउन लागिन् । त्यो दृश्य उत्साहका साथ युवक हेरिरहेको छ । तिनले हेर्दा हेर्दै साइकल सजिलै पर पुर्याइन । धेरै बेरसम्म शान्ति छायो । त्यो एकान्त चौरमा टाढाटाढा सम्म कुनैपनि दृश्य देखिन छोड्यो । अध्यारोले छोप्दै गयो । युवकले गोडा खुल्चाउदै गएर स्कुटर स्टार्ट गर्याे । एकचोटि आकाशमा हेर्याे जुन कतै थिएन । सोच्यो – ग्रहण लागेछ, सायद ।
0 comments:
Post a Comment