काठमाडौं। नेपालको पुर्वी जिल्लामा उत्पादन हुने
रुद्राक्षबाट अरबौंको कारोबार हुने भएतापनि यसको बजार अस्तव्यस्त रहेको छ। सरकारले
रुद्राक्षको बजारलाई व्यवस्थित बनाउन नसकेकोले यसको बजार अस्तव्यस्त भएको हो।
रुद्राक्ष नेपालको पहाडी क्षेत्रमा पाइने
बनस्पतीबाट फल्ने फल हो। यो बैसाख देखि भदौ महिनासम्मको अन्तरालमा फल्छ।
नेपालमा हिन्दु धर्मावलम्बिहरुले रुद्राक्षलाई
महत्वपुर्ण दृष्टिकोणले हेर्नेगर्छन्। तर वैज्ञानिक पाटोबाट रुद्राक्षले यसले
वातावरणलाई स्वच्छ बनाउन सघाउ पुर्याएको रूद्राक्ष व्यवसायी महासंघका अध्यक्ष
सुरेश चापागाईंले बताए। 'रुद्राक्षको अर्को पाटोमा यसको हरितकरणले ओजन तह
प्वाल पार्नबाट सघाउ गरिरहेको छ',चापागाईंले भने,' यसको मतलब हामी व्यवसायीले रुद्राक्षसँगै
अक्सिजन पनि उत्पादन गरिरहेका छौं। वास्तवमा व्यवासायीले पेनाल्टी लिनुपर्ने हो।'
यस अगाडी रुद्राक्षलाई धार्मिक महत्वको
दृष्टिकोणले खरीद गर्नेहरुको संख्या धेरै रहेको चापागाईं बताए। उनले भने, 'आजभन्दा दुई वर्ष
अगाडी यसलाई नेपालमा धार्मिक महत्वको दृष्टिकोणले मात्र खरीद गरिन्थ्यो त्यतीबेला
चीनसँग हाम्रो कारोबार जोडिएको थिएन। नेपालबाट जोगवनी तथा काकडभित्ता हुदै वर्षका
दसवटा ट्रकहरु भारत भित्रन्थ्यो।' अहिले मानिसहरुले रुद्राक्षलाईं फेसनको रुपमा
बढी प्रयोग गरेको उनले बताए। जब रुद्राक्षको बजार चीनसँग जोडियो यसलाई फेसनको
रुपमा खारीद गर्न सुरु गरीएको उनले बताए। 'यसले रुद्राक्ष व्यवसायमा परिवर्तन ल्याइदियो र
रुद्राक्ष जस्तै कुनैपनि लप्सीका दाना जस्ता फेसनेबल चिजले रुद्राक्षको स्थान लिन
थाल्यो', उनले
भने,'
त्यसपछि परिमाणको आधारमा भन्दापनि गुणस्तरका आधारमा रुद्राक्षको माग बढ्न लाग्यो।'
पहिले परिमाणमा बिक्री हुने रुद्राक्षलाई
बिस्तारै मानिसहरुले गुणस्तरको आधारमा खरीद गर्न लागेको चापागाईंले बताए। एकै थरी
रुद्राक्षको पनि ग्राहक पिच्छे फरक मुल्य हुन थाल्यो। रुद्राक्ष व्यसायको काही पनि
लेखाजोखा हुन छाडेको उनले बताए। 'रुद्राक्षको कुनै यकिन मुल्य पाइदैन, व्यापारीले बेच्ने रुद्राक्षको
मुल्य सेन्टिमेन्टल प्राइस हो। ', उनले भने, 'व्यापारी पिच्छे रुद्राक्षको मुल्य फरक
हुन्छ।'
नेपालका पुर्वी क्षेत्रका जिल्लाहरु भोजपूरको
दिङ्ला, संखुवासभा र
धनकुटा रुद्राक्षको राजधानी क्षेत्र मानिन्छन्। नेपालको ९० प्रतीशत रुद्राक्ष यी
जिल्लाहरुबाट उत्पादन हुने चापागाईंले बताए।
चापागाईका अनुसार पहिले भोजपुरको दिङ्लामा
रुद्राक्षलाई सत्तैमा जोगीहरुमा बाढ्ने गरिन्थ्यो। रुद्राक्ष व्यवसायलाई
व्यवसायीकरुप दिने पहिलो व्यापारी प्रयागराज चापागाईं थिए। उनले बनारसमा प्रभुदयाल
शर्मा नाम गरेका व्यापारीलाई एक प्याकेट रुद्राक्ष बिक्री गरेका थिए। त्यसपछि उनले
नेपाल आएर रुद्राक्षलाई व्यवसायीक रुप दिनुपर्ने सोच बनाएका थिए। त्यसपछि यो
व्यवसायलाई हाम्रो पुस्ताले चलाउदै आएको छ।
अहिले पुर्वका प्रमुखजिल्लाबाट वर्षका तीन देखि
चार ट्रकमात्र रुद्राक्ष काठमाडौं भित्रने गरेको उनले बताए। प्रत्येक ट्रकमा करीब
दस हजार किलोको मात्रामा रुद्राक्षहरु आउने गर्छन्। तर रुद्राक्षका मुल्यहरु
निश्चत हुदैनन्। अहिले काठमाडौंमा यसका प्रमुख बजारहरुमा पशुपति, न्युरोड तथा ठमेल
छन्। यसलाई सुनचाँदी जस्तै गहनाको रुपमा बिक्री गरिन्छन्। उनले भने, 'रुद्राक्षको बजार अस्तव्यस्त
छ तर यसको भविष्य निश्चित छैन।'
रुद्राक्षको मुल्य यसको गुणस्तर र ग्राहकको रुचाई
अनुसार फरक फरक हुने गरेको पशुपतिनाथ स्थित मोक्ष रुद्राक्ष भण्डारका व्यवसायी
हिमाल राईले बताए। रुद्राक्षमा सबैभन्दा बढी बिक्ने पाँच मुखे रुद्राक्ष हो।
सामान्यतया नेपालमा पाइने रुद्राक्षहरु दुई देखि २९ मुखेसम्मको रहेको उनले बताए। 'गुणस्तर अनुसार पाँच
मुखे रुद्राक्षकै मुल्य प्रती किलाेको २० रुपैयाँ देखि ५० हजार रुपैयाँ सम्ममा
बिक्री हुन्छ',उनले भने,'आठ मुखे भन्दा माथीका रुद्राक्षहरु भने महंगोमा
बिक्ने गरेका छन्।'
रुद्राक्षको गुणस्तर अनुसार मुल्य,
कस्तो
रुद्राक्ष गुणस्तरिय हुन्छन्
बजारमा रुद्राक्षको कुनै यकीन मुल्य नभएको
व्यवसायीहरु बताउछन्। यसको गुणस्तरका आधारमा फरक फरक मुल्य हुने गरेको पशुपतिनाथ
स्थित मोक्ष रुद्राक्ष भण्डारका व्यापारीले बताए। सामान्यतया ग्राहकको रुचिमा
परेका रुद्राक्षका निश्चित फिचरहरु व्यापारीहरुले मापदण्ड बनाएको उनले बताए।
उनका अनुसार २४ मिलिमिटर भन्दा माथी गोलाई,
थेप्चो आकार,
चिल्लो, बुट्टे र नरम
रुद्राक्षहरु गुणस्तरीय रुद्राक्षमध्य पर्ने गरेका छन्।
रुद्राक्षका नामहरु
आठ मुखेभन्दा माथीका रुद्राक्षहरुलाई मुग्दार
भनिन्छ।
जोडिएका दुईवटा रुद्राक्षहरुलाई गौरीशंकर भनिन्छ।
जोडिएका तीनवटा रुद्राक्षलाई त्रीपाठ भनिन्छ।
सुड निस्किएको रुद्राक्षलाई गणेश भनिन्छ।
एउटा रुद्राक्षमा जोडिएर बसेको एकमुखे
रुद्राक्षलाई सभार भनिन्छ।
0 comments:
Post a Comment