Wednesday, February 24, 2016

एक वर्षमा १० अर्ब रुपैयाँ बराबरको धान उत्पादन घट्यो, किसानलाई भने फाइदा, पानी र मल समस्या

लेखक Pawan on 4:38 AM संग प्रतिकृया छैन

काठमाडौं। यो वर्ष १० अर्ब रुपैयाँ बरारबको धान उत्पादन घटेको छ। कृषि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ९० अर्ब रुपैयाँको धान उत्पादन हुने अनुमान गरेको छ। गत वर्ष एक खर्ब रुपैयाँको धान उत्पादन भएको थियो। मन्त्रालयले चालु आर्थिक वर्षमा १० प्रतिशतले धान उत्पादनमा ह्रास आउने जनाएको हो।

मन्त्रालयले धानको औषत मूल्य प्रतिकेजी २० रुपैयाँका दरले हिसाब गरेको छ। 'गत वर्ष एक खर्ब रुपैयाँको धान उत्पादन भएकोमा यो वर्ष ९० अर्ब रुपैयाँको मात्रै हुने अनुमान गरेका छौं,' मन्त्रालयका सहायक प्रवक्ता सन्तोष सापकोटाले भने। धान उत्पादनमा ह्रास आएपछि त्यसको असर कूल गार्हस्थ उत्पादनमा पनि पर्ने उनले बताए।

 
यो वर्ष धानको उत्पादकत्वमा पनि ह्रास आएको छ। गत वर्षको तुलनामा धानको उत्पादकत्व ६.११ प्रतिशतले घटेको उनले जानकारी दिए। यस्तै धान उत्पादन हुने जमिनको क्षेत्रफल ४.३८ प्रतिशतले घटेको मन्त्रालयले जानकारी दिएको छ। यस वर्ष धानको उत्पादकत्व तीनहजार एकसय ५४ किलो प्रति हेक्टर रहेको छ।

धानको उत्पादनमा कमी आएपछि किसानलाई भने त्यसको फाइदा भएको छ। यो वर्ष धानको मूल्य बढेको सापकोटाले जानकारी दिए। गत वर्षको तुलनामा धानको मूल्य ३.५ प्रतिशतले बढेको छ।

किन घट्यो उत्पादन?
अघिल्लो वर्षको तुलनामा यो वर्ष मनसुन ढिला सुरु भएको थियो र पानी पनि कम परेको थियो। जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार यस वर्ष औषत अवधिको ७३ प्रतिशत मात्रै वर्षा भएको छ। वर्षाको विवरणसमेत राम्रो नभएका कारण नेपालको धान उत्पादनमा प्रभाव परेको कृषि व्यवासाय प्रवर्द्धन तथा तथ्यांक महाशाखाको प्रतिवेदनले जनाएको छ।

भारतीय नाकाबन्दीका कारण रासायनिक मलको सहज ढुवानी हुन नसक्दा पनि धानको उत्पादन घटेको मन्त्रालयले जनाएको छ। यस वर्षको असार मसान्तसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट करिब तीनलाख मेट्रिक टन् यूरिया, डिएपी र पोटास अनुदानमा बिक्रि गरेको कृषि सामग्री व्यवस्थापन शाखाको तथ्याकंमा उल्लेख छ।
 
यसवर्ष खडेरीबाट मध्य पहाड तथा तराईका अधिकांश जिल्लाका कृषकको धानबालीमा असर परेको मन्त्रालयको भनाइ छ। देशभर करिब ६१ हजार हेक्टरमा धानखेती हुन्छ। यो वर्ष ४२ जिल्ला कृषि विकास कार्यालय तथा २४ जिल्ला पशुसेवा कार्यालयबाट संकलित विवरणकाअनुसार प्रकोपबाट खाद्यान्न बालीमा १६ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ।  

0 comments:

Post a Comment