काठमाडौं । काकाकुल काठमाडौंमा दैनिक करिब
एक करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । निजी ट्यांकरमार्फत ८१ लाख
रुपैयाँ, जारमार्फत ३५ लाख
रुपैयाँ र वोतलको २४ लाख रुपैयाँको
कारोबार हुन्छ । नेपाल खानेपानी संस्थानले
माग अनुसार आपूर्ति गर्न नसकेपछि खानेपानीका लागि उपभोक्ता निजी ट्यांकरमा निर्भर
छन् । व्यवसायीका अनुसार ट्यांकरमार्फत पाँच करोड लिटर, जार मार्फत बीस लाख
लिटर र वोटलमार्फत २ लाख ४० हजार लिटर पानी विक्री हुने गर्छ ।
उपत्यका खानेपानी स्रोत तथा ट्याकंर
व्यवसायी संघका अध्यक्ष विष्णु दहालका अनुसार काठमाडौं क्षेत्रमा निजी क्षेत्रबाट
मात्रै पाँच करोड लिटर पानीको कारोबार निजी ट्याकंरमार्फत हुन्छ। करिब सात सय
ट्यांकरबाट दैनिक चार हजार स्थानमा पानी वितरण हुने गरेको उनले बताए। काठमाडौंमा
१२ हजार लिटर,
आठ हजार लिटर र पाँच
हजार लिटर क्षमताका ट्यांकर सञ्चालनमा छन् । व्यवसायीले १२ हजार लिटरलार्इ २५ सय
रुपैयाँ, आठ हजार लिटरलार्इ २
हजार रुपैयाँ र पाँच हजार लिटरलार्इ १६ सय रुपैयाँ लिन्छन् ।
काठमाडौंमा ट्यांकरबाट कारोबार हुने
पानीका मुल स्रोतहरु जोरपाटी, बालाजु, स्वयम्भु, मातातिर्थ, चोभार, सातदोबाटो र भक्तपुरको झौखेल सहित सातवटा स्थान छन् ।
सामान्यतया चैत-वैसाखमा पानीको माग
बढी हुने गरेको छ। सुख्खा मौसम भएकोले खानेपानी संस्थानबाट पानीको आपूर्ति कम
हुन्छ । काठमाडौं
उपत्यका खानेपानी लिमिटेडका अनुसार यस आर्थिक वर्षमा पिउने पानीको माग दैनिक ३७
करोड ५० लाख प्रति लिटर दैनिक छ। तर संस्थानले दैनिक ११करोड ९० लाख प्रति लिटर आपूर्ति
गर्छ ।
'स्वाभाविकरुपमा चैत महिनामा सुख्खा लाग्ने
भएको कारण पानीका मुहानहरु सुक्ने गरेको छ,'दाहालले भने,' त्यसैले पानीको
वितरण सहज हुनसकेको छैन।'
हाल बजारमा इन्धनको अभाव हुदाँ पनि
ट्याङ्करहरु सामान्य अवस्थामा चल्न नसकेको उनले बताए। उनले भने,' दिनको सातवटा
स्थानसम्म पानी वितरण गर्ने ट्याङ्करले अहिले तीन ठाउ भन्दा बढी वितरण गर्न सकेको
छैन।'
ट्यांकर बाहेक काठमाडौं उपत्यकामा ३५ लाख रुपैया जारबाट र २४ लाख
रुपैयाँको मिनिरल वाटर कारोबार हुने गरेको नेपाल बोत्तल संघका अध्यक्ष सुवास
भण्डारीले जानकारी दिए ।
उपत्यकामा दैनिक २० लाख लिटर पानी जारबाट वितरण
हुन्छ भने दुई लाख ४० हजार लिटर बोत्तलको पानीको कारोबार हुनेगरेको उनले बताए। जार
तथा मिनिरल वाटर वितरण हुने मुख्य स्रोतहरु ललितपुरको गोदनवरी, चाल्नाखेल,मातातिर्थ, गोंगबु, जोरपाटी, भक्तपुरको झौखेल हुन् ।
0 comments:
Post a Comment