Tuesday, April 19, 2016

नाटक समिक्षा: थिएटरमा सेक्सपियरको उत्कृष्ट ट्राजेडी 'ह्याम्लेट'

लेखक Pawan on 8:23 AM संग प्रतिकृया छैन
तस्विर: दिव्यदेव पन्तकाे फेसबुक पेजबाट

'ओथेलाे'
 पछि सेक्सपियरका ट्राजेडीमा मलार्इ 'ह्याम्लेट' उत्कृष्ट लाग्छ। पुस्तकदेखि विशाल भार्द्वाजकाे 'हैदर' सम्म आइपुग्दा ह्याम्लेटलार्इ भिन्न भिन्न रूपमा हेरिसकेपनि पहिलाेपटक थिएटर मै नेपाली परिवेशमा 'ह्याम्लेट'लार्इ अझ करिबबाट महसुस गर्ने माैका पाए।

शनिबार 'ह्याम्लेट' नाटक चलिरहेकाे लाजिम्पाटकाे थिएटर भिलेज भरिभराउ थियाे। वियाेगान्त नाटकमध्य उत्कृष्ट मानिएकाे 'ह्याम्लेट' आफ्नाे पिताकाे हत्याकाे बदला लिन छाेराले गरेकाे संघर्ष र मृत्युकाे कथा समेटिएकाे छ। करिब १ घण्टा ३० मिनेट लामाे ट्राजेडीमा नाटकमात्र हेरिएन, ह्याम्लेट चरित्रलार्इ नियाल्ने प्रयत्न पनि गरियाे। 'ह्याम्लेट'ले साच्चिकै मन छाेयाे।

ह्याम्लेट त्यस्ताे पात्र हो, जसले प्रतिशोधको भावनालार्इ मनमा जिवित पारिरहेको छ। बुवाकाे अन्त्यष्टी गर्नेबेलामा ह्याम्लेटले आफ्ना बुवाकाे प्रेतात्मालार्इ देख्छ। प्रायजसो गरि यस नाटकमा पनि सेक्सपियरले भुतपिचासलार्इ पात्र बनाएका छन्।

ह्याम्लेटले प्रेतात्माबाट आफ्ना काकाले बुवाकाे षड्यन्त्रपुर्ण हत्या गरेकाे वास्तविकता बुझ्छ। उ आफ्नो बुवाको कुटिलपुर्ण हत्या गर्ने काकासँग बदला लिन चाहन्छ। प्रेतात्मासँग उसले काकासँग बुवाको हत्याको बदला लिने प्रतिज्ञा गर्छ।
त्यस घटनाका एकमात्र साक्षी एकजना ह्याम्लेटका वफादार हिरासिहं नामका पात्र हुन्छन्।

अब उ कठोर बन्छ। उसले प्रेम, स्नेह र हर्ष बिर्सेको छ। नाटक भरि ह्याम्लेटविरूद्ध षड्यन्त्रका जालो बुनिरहन्छन्। ह्याम्लेटलार्इ दरबारभित्र र समाजमा 'पागल'को संज्ञा दिइन्छ।

ट्राजेडीको पाटो - प्रोटागोनिष्ट (नाटककाे मुख्य पात्र)ले गलती गरेकाे, जसको परिणाम स्वरूप उसले ट्राजडी भोग्नुपर्छ। निर्णायक ठाउमा सहि कदम चाल्न नसक्दा उसले दुखान्त वेहोर्नुपर्छ। 

ह्याम्लेटले नाटकमा धेरै पटक आफ्ना गलत कदमहरू चाल्दै जान्छन्। जसले उनलार्इ संकटको घेरामा नचाइ राख्छ। जसको परिणाम स्वरूप उसले जिन्दगी सबै प्रिय कुरा गुमाउछ । उसले आफ्नी आमा, प्रेमिका पनि गुमाउछ। उसले आफ्नो प्रतिज्ञाको सपथ लिएको काकासँग बदला लिएर पुरा गर्छ। त्यसपछि उसले आफ्नो प्राण पनि गुमाउछ। मर्नु अगाडि उसले हिरासिहंलार्इ आफ्नो कथा संसारलार्इ सुनाउनका लागि जिवित रहन आग्रह गर्छ।

अन्तिममा सबै पात्रहरूको मृत्यु हुन्छ।

नाटकमा ह्याम्लेटको चरित्र निर्वाह गरेका दिव्यदेव पन्तले बेजोड अभिनय गरेका छन्। ह्याम्लेटकी प्रेमिका ओजस्वीको भुमिकामा मिस नेपाल श्रष्टि श्रेष्ठको अभिनयलार्इ सन्तोषजनक मान्न सकिन्छ।

साथै अरू कलाकारको अभिनयमाथी प्रश्न उठाउने ठाउ भने छैन। नाटकमा कमलमणि नेपाल, राजकुमार पुडासैनी, अरुणा कार्की, भोला सापकोटा लगायतका कलाकारकाे अभिनय रहेकाे छ।  

अंग्रेजी नाट्यकार विलियम सेक्सपियरले रचेका ट्राजेडी '
ह्याम्लेट' लार्इ नेपालीमा अनुवाद सृष्टि भट्टराईले गरेकी हुन् भने नाटककाे निर्देशन ग्रेगरी थमसन र विमल सुवेदीले गरेका हुन्। वैशाख २५ गतेसम्म मञ्चन हुने यस नाटक शुक्रबार र शनिबर भने दिउँसो १ बजे बाहेक हरेक साँझ साढे पाँच बजे सुरु हुन्छ। कसैले हेर्नुभएको छैन भने हेर्न मेरो सुझाव छ। 

0 comments:

Post a Comment