बैशाख बाह्रगतेको विनाशकारी भूकम्प बिर्सने सायदै कोहि होलान्। त्यो कहाली लाग्दो दिन सम्झदा
जोकोहि पनि मूटु सिरिङ्ग भएर आउछ। अझै पनि बाह्र बजेको आसपास घडीको सुइ घुम्दा
मान्छेको मूटु जोडले धड्किने गरेका छन्।
भूकम्प गएको एक वर्ष नाघिसकेको छ। तर पनि भूकम्पका
परकम्पहरू जाने क्रम भने रोकिएको छैन। भूकम्प र त्यसपछिको समयमा भोगिएका तिता मिठा
अनुभवहरू सहित केहि चर्चित व्यक्तित्व तथा व्यवसाइहरूका कुरा समेटिएका छन्।
तेजरत्न शाक्य,
पूर्वाध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
पहिलो भूकम्पमा म न्यूरोडमा रहेको मेरो निवासको सातौं तल्लामा थिए। त्यो समयमा
बढो गज्जबको अनुभव गरियो। भूकम्पको त्रासले म त उठ्नै नसक्ने अवस्थामा थिए। सायद
त्यसकै परिणामवस कात्तिकमा मलाई मुटूरोगको समस्या देखापर्यो। भगवानको कृपाले
बाच्न पुगियो। अब त जादैन भन्ने छ तर पनि बेलाबेलामा गइरहेका परकम्पले डर भने
हटेको छैन।
भूकम्पका कारण तीन महिना सुनचाँदीको कारोबार त ठप्पै बन्यो। बिवाहको सिजन माघ, भदौ र
मंसिर महिनामा पनि सुनको कारोबारमा सुधार आउन सकेन। मानिसलाई गरगहना जोड्ने
भन्दापनि खानेलाउने कुरामा बढी ध्यान दिनुपर्ने भएकाले सुनको मागमा ह्रास आयो।
बजारमा बिक्री भएका सुनको पेमेन्टहरु पनि अझै उठ्ननसकेको स्थिति छ।
भारतिय नाकाबन्दीले त सुनको कारोबारमाथी दोब्बरले क्षति पुर्यायो। सिङ्गो
मुलुककै अवस्था दर्दनाकपूर्ण बितिरहेको अवस्थामा सुनचाँदी मानिसका लागि
प्राथमिकताका विषय बनेन। नाकाबन्दीमा ७५ प्रतिशत कामदार भारत फर्किएका थिए। जसल्
आफुसाथै अर्बौं मुल्यका सुन पनि लगेका थिए। देशको परनिर्भरताको प्रभावको
सुनव्यवसायमा पर्यो।
जे भयो भयो। तर सुनौलो बिहानी आउने आशा हामी सुनव्यवसायीले गरेका छौं। यसपाली
बिहेको सिजनहरु कम परेकाले सुनको कारोबारमा त्यति सुधार नआउने देखिएको छ। तापनि
मंसिरबाट केहि सुधार आउने हाम्रो अपेक्षा छ।
यी दुवै आपतविपतले हामीलाई स्वाभलम्बी र सहिष्णूताको बाटो तर्फ अघि बढ्न आखा
खोलिदिएको छ।
तजेन्द्रनाथ श्रेष्ठ, पूर्वाध्यक्ष, ठमेल
पर्यटन विकास परिषद
भूकम्पले अरु क्षेत्र सरह ठमेल पुरै प्रभावित बन्यो। दुई महिनासम्म उद्दार
टोली बाहेक कोहि पर्यटक ठमेलमा देखापरेन। ठमेलको पर्यटन व्यवसाय ९० प्रतिशतले
घट्यो। भूकम्पले ठमेलका घरहरु भत्केका थिएनन्। तर सडक तथा पेटीहरु ध्वस्त भएका
थिए।
नाकाबन्दीका कारण इन्धन अभाव बढेपछि विशेषगरी ठमेलका होटल व्यवसायीहरु मारमा
परेका छन्। होटल व्यवसायीहरुले नौ/दस हजार तिरेपनि आफ्नो व्यवसाय चलाउनुपर्ने बाध्यता पर्यो।
हामीले सम्पूर्ण क्षतिको सुधारका लागि ठमेल निर्माण कमिटी पनि निर्माण गर्यौ।
यसले ठमेलको सुरक्षा र पूर्वाधारका विषयमा काम अघि बढाइरहेको छ।
ज्योती काफ्ले, हास्य
कलाकार
भूकम्प र नाकाबन्दीबाट आम नेपालीहरुले जुन पीडा भोग्नु परेको छ, हामी
कलाकार पनि त्यहि पीडा भोगीरहेका छौं। फरक यती छ हामी हास्य क्षेत्रमा आबद्ध
कलाकारले पीडालाई लुकाएर आफ्नो कला प्रस्तुती मार्फत आम जनतालाई मनोरञ्जन दिइरहेका
छौं।
मुख्यरुमा कला क्षेत्रका मानिसहरुलाई आर्थिक पीडा बढी भएको छ। भूकम्प र
नाकाबन्दीका कारण धेरै कार्यक्रमहरु रद्द गर्नुपरेको थियो। विगतका वर्षमा करीब ४०/५० कार्यक्रमहरु
हुन्थे भने अहिले जम्मा पाँच/६ वटा कार्यक्रम गरेर जिविको पार्जन गर्नुपर्ने बाध्यता
परेको छ।
गत नाकाबन्दीमा मैले धनगढीबाट ग्यास ल्याउनुपर्यो भने नेपालगञ्जबाट पाँच लिटर
पेट्रोल ल्याउनुपरेको थियो। तर नाकाबन्दीले हामी नेपालीलाई आत्मनिर्भर बन्न
सिकाएको छ।
हाल म 'लालजोडी' नामक चलचित्रको सुटिङमा व्यस्त छु। आगामी भदौ १७ गते
योफिल्म रिलिज हुदैछ।
मुकुन्द घिमिरे, प्रवक्ता, नेपाल
आयल निगम
भूकम्प जादा म थानकोट डिपोको अफिसको को माथिल्लो तल्लामा थिए। त्यसदिन भुकम्प
रोकिएपछि म तल ओर्लिएको थिए।
तर बैशाख २९ गते दोस्रो पटकको भूकम्पमाम आपूर्ती मन्त्रालयमा मन्त्रीसँगको
बैठकमा थिए। मन्त्रालयको कमजोर संरचनाका कारण मलाई आजे मेरो अन्तिम दिन हो भन्ने
आभाष हुनुलाग्यो।
भूकम्पले मैले व्यक्तिगतरुपमा कुनै प्रकारको क्षति बेहोर्न नपरेतापनि सामाजिक
हिसाबले मलाई दुखि तुल्याएको छ।
विषेशगरी हाम्रो सम्बन्ध प्रत्यक्ष रुपमा जनताको चुलोसँग जोडिएको कारण
नाकाबन्दीको प्रभाव हामीले भोग्नुपरेको छ। जनताहरूले चुलो बाल्नका लागि दाउराको
लाइन बसेको देख्दा मन असाध्यै दुखि बनेको थियो। पैसा तिरेर पनि ग्यास नपाउदाको
अवस्था निकै दयनिय छ। तर आयलनिगमले कर्तव्य पुरागर्न दिनरात मिहिनेत गर्यो।
हामीले आन्तरिक हवार्इ इन्धन ल्याएर हवार्इ इन्धनलार्इ कहिले प्रभावित हुन
दिएनौं। आयलनिगमले बैशाख महिनाभित्र ग्यासको अभाव पूर्णरूपमा कम गर्ने तयारी गरेको
छ।
सुगारिका केसी, पूर्व मिस नेपाल तथा पर्सनालिटी एण्ड
कम्युनिकेसन कोर्स ट्रेनर
नाकाबन्दी कुनै आकष्मिकरूपमा आपरेको समस्या नभएका
कारण नाकाबन्दी भन्दा भूकम्पको बढी प्रभाव परेको थियो। नाकाबन्दी हुनुभन्दा अगाडी
हामीलार्इ केहि नराम्रो हुदैछ भन्ने अगाडी संकेत जस्तो थाहापाइसकेको कारण हामी
मानसिकरूपमा तयार थियौं।
भूकम्पको समयमा हामी सामान्य दिनचर्यामा व्यस्त
थियौं। त्यसैले अचानक आएको भुकम्पले धेरै अन्योलता र डर पैदा गर्यो। मेरो डेढ
वर्षको छोरा लिएर म माइत आएकी थिए। हामी घरको तेस्रो तल्लामा थियौं। अचानक भूकम्प
आएपछि मैले बाच्ने आश मारेको थिए। तर भगवानको कृपाले हामी सकुशल रह्यौं।
मैले भूकम्प र नाकाबन्दीबाट भविष्यका बारेमा
सोच्नुपर्छ भन्ने ज्ञान हासिल गरे।
धुर्व श्रेष्ठ, पञ्चकन्या
ग्रुप
बैशाख बाह्रगते भूकम्प जादा म भैसेपाटीमा मेरो घरमा थिए। म लुगा फेरफार गरेर
एउटा पार्टीमा जादै थिए। अचानक भूकम्पले हल्लायो। म डराएर भागाभाग गर्न लागे।
त्यसपछि धेरै समयसम्म भूकम्पको त्रास रहिरह्यो।
भूकम्पले हाम्रो उत्पादनमा ५० प्रतिशतले गिरावट ल्यायो तर त्यस पछि हामीले
नेपाली बजारमा पहिलोपटक नयाँ मोडेलको स्ट्रकचरल स्टिल प्रविधिको प्रि फ्याबका
घरहरू ल्यायौं। यो हाम्रो पहिलो प्रोजेक्ट हो। यसले नेपालका पुराना तथा आधुनिक
शैलीबाट निर्मित घरहरूको विकल्पमा बलियो ङरको आधार पेस गर्यो धेरैले यसलार्इ
रूचाए। हामीले सस्तोमा सुरक्षित घर निर्माण गर्ने उद्येश्यले यो अवधारणा ल्यायौं।
0 comments:
Post a Comment