काठमाडौं। भारतको नाकाबन्दी खुलेपछि बजारमा नयाँ सवारी साधान भित्रन थालेका छन्। विभिन्न कम्पनीका नेपालस्थित आधिकारिक विक्रेताहरुले नयाँ नयाँ सवारी साधान भित्र्याउन थालेका हुन्। बजारमा नयाँ सवारी साधन भित्रिएसँगै असोजदेखि थला परेको अटो बजारमा चहल पहल पनि देखिन थालेको छ। नाकाबन्दी खुलेसँगी ती कम्पनीहरुले नयाँ मोडल पनि सार्वजनिक गर्न थालेका हुन्।
बजाज
बजाजले एभेन्जरको नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। अबको एक महिनापछि सार्वजनिक हुने मोटरसाइकल दुईवटा भर्सनका स्ट्रिट र क्रुजमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। स्ट्रिट भर्सनका बाइकहरु दुईवटा भेरियन्ट स्ट्रिट १५० सिसी र स्ट्रिट २२० सिसीमा उपलब्ध हुनेछन्।
स्ट्रिट बाइकमा डिटिएस आइको एयर कुल्ड इञ्जिन रहेको छ। यसले नौहजार आरपिएममा १४.५४ पिएसको अत्याधिक पावर दिन्छ भने ६५ सय आरपिएएममा १२५ एनएमको टर्क पैदा गर्ने कम्पनीले जानकारी दिएको छ। एभेन्जरको अर्को स्ट्रिट भर्सनको अर्को भेरियन्टको मोटरसाइकलमा दुईसय २० सिसिको डिटिएस आइको आयल कुल्ड इञ्जिन रहेको छ। यसले ८४ सय आरपिएममा १९.०३ पिएसको अत्याधिक पावर दिन्छ भने सातहजार आरपिएएममा १७५ एनएमको टर्क पैदा गर्ने कम्पनीले जानकारी दिएको छ।
बजाजको क्रुज २२० मा दुईसय २० सिसिको डिटिएस आइको आयल कुल्ड इन्जिन रहेको छ। यसले ८४ सय आरपिएममा १९.०३ पिएसको अत्याधिक पावर दिन्छ भने सातहजार आरपिएएममा १७५ एनएमको टर्क पैदा गर्ने कम्पनीले जानकारी दिएको छ।
हिरो
हिरो मोटर्सले आउँदो मार्च महिनामा ड्युएट भर्सनको स्कुटर नेपाली बजारमा ल्याउने तयारी गरेको छ। ड्युएट स्कुटरमा ११०.९ सिसिको ४ स्ट्रोक सिगंल सिलिन्डरको ओएचसि इन्जिन प्रयोग भएको छ। यस स्कुटरले आठ हजार आरपिएममा ८.३१ बिएचपीको अत्याधिक पावर दिन्छ भने ६५ सय आरपिएएममा ८.३० एनएमको अत्याधिक टर्क पैदा गर्ने कम्पनीले जानकारी दिएको छ।
यसको लम्बाइ १८३० मिलिमिटर, चौडाइ ७२६ मिलिमिटर र उचाइ ११३९ मिलिमिटर रहेको छ। यसको ग्राउण्ड क्लियरेन्स एक सय ५५ मिलिमिटर र ह्विल बेस १२४५ मिलिमिटर रहेको छ। यसको तौल एक सय १६ किलोग्राम रहेको कम्पनीले जानकारी दिएको छ।
होन्डा
होन्डा मोटर्सले यसको उत्पादन एमएसएक्स १२५ मोटरसाइकल नेपाली बजारमा उपलब्ध छ। यसलाई करिब एक महिना अगाडि कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको थियो। एकसय २५ सिसिको एयर कुल्ड २ भल्भ सिंगल सिलिन्डर इञ्जिन रहेको यस मोटरसाइकलको मूल्य पाँचलाख ९९ हजार रुपैयाँ रहेको छ।
यसको अगाडीको ब्रेक हाड्रलिक ड्युअल पिस्टन ब्रेक क्यालिपर सहित दुईसय २० एमएम डिस्क छ भने पछाडिको ब्रेक हाड्रलिक सिगंल पिस्टन ब्रेक क्यालिपर सहित एकसय ९० एमएम डिस्क रहेको कम्पनीले जानकारी दिएको छ।
यसको लम्बाइ १७६० मिलिमिटर, चौडाइ ७५५ मिलिमिटर र उचाइ १०१० मिलिमिटर रहेको छ। यसको ग्राउण्ड क्लियरेन्स एक सय ६० मिलिमिटर र ह्विल बेस १२०० मिलिमिटर रहेको छ।
सुजुकी
सुजुकीले यसको उत्पादन जिक्सर एसएफ विथ एफआइ नेपाली बजारमा ल्याउने तयारीमा छ। यो बाइक मोटो जिपी कलरमा मात्र उपलब्ध छ। यसको अगाडीको ब्रेक २४० मिलिमिटरको डिस्क छ । यसमा इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन रहेको छ।
यस मोटरसाइकलमा १५५ सिसिको पेट्रोल इञ्जिन रहेको छ। यसमा रहेको इञ्जिनले कतिसम्मको पावर र टर्क दिन्छ भन्ने बारे सुजुकीले स्पष्ट जानकारी भने दिएको छैन।
0 comments:
Post a Comment