Sunday, June 21, 2015

केटि साथी

लेखक Pawan on 8:46 AM संग प्रतिकृया छैन
मेरो साथीको फेसबुकमा असाध्य मिल्ने एउटी मित्र छिन् । उ हमेशा त्यो केटिको बारेमा कुरा गरीरहन्छ । प्राय तिनीपनि मेरो साथीको स्टाटस हरुमा लाइक र कमेन्टहरु गरिरहेकी हुन्छिन् । तर उनिहरु क्याम्पसमा भने भेट्दा बोल्दैनन् भन्नासाथ केटीको बारेमा जान्ने इच्छा लाग्यो, मेरो साथी त बोलक्कड छ मैले उ चुपचाप बसेको अहिलेसम्म देखेको छैन । भरसक यो मेरो साथीको लागी अनौठो अनुभव होला । बोलक्कड मान्छे कसै सगँ भेट्दा बोलचाल गर्न सायद नै हडबडाउँछन् । तर भर्खर चिनजान गरेकी तिनी केटिको कुरा अर्काे होला ।


मैले एकदिनको घटना नियालेको छु, म त्यही साथी सगँ बसेर लेक्चर सुन्दै थिएँ । मेजर इंग्लिसको क्लास थियो । हामीहरु हासोठट्टा गर्दै सरले पढाएको कुरा कापीमा लेख्दै थियौँ ।मेरो साथी केटाहरु सगँ गफ गर्दै कापीमा लेख्नमा व्यस्त थियो । तिनी केटि पनि लेखिरहेकी छिन्, सरले पढाइरहेको बेलामा गफ गर्नु ठिक त होइन भनी म चूप लागी उनको इसाराको प्रतिक्षा गरिरहेको थिए । मैले दुइजना एकअर्का सगँ बोलेका कैले देखेको थिइनँ । वास्तवमा मैले मेरो साथी जती त्यो केटीलाई चिनेको पनि थिइनँ । त्यो केटि हेर्दा पारिजातको उपन्यासको अन्तर्मुखी पात्र कल्पना हुन थाल्छ, र मेरो साथी पनि यस्तै पात्रको कल्पना गरिरहेको होला । केही बेरमा कक्षा सकियो ।  सबैजना कक्षा छोडेर हिड्न लागे तर म त्यही बसे; के हुन्छ अब ?

साथी केटाहरु सगँ गफ गर्दै बाहिर निस्कियो । केटिले हत्तपत्त बाहिर हेरिन् र चिच्याएर उसलाई बोलाइन् । नभन्दै साथीपनि फर्केर आयो । केटिले मुसुक्क हास्दैँ भनिन्-
  
 "मलाइ इंग्लिसको नोट देऊन "
 उसले भन्यो, "अस्तिको कापी खोइ  "।

" यो लिऊ" तिनले एउटा कापी दिइन् । साथीले आफ्नो झोलाबाट कापी झीकेर उसको हातमा दियो र चुपचाप मतिर आयो । हामीसगैँ  बाहिर निस्कियौँ ।
  
 सधैजसो हामी केटाहरु झुम्मिएर हासो मजाक गर्न लाग्यौँ । एउटाले साथीलाई जिस्कायो-

"साथीको स्टाटस त खत्रा जान्छ, दह्रो लब परेको छ ।"

चलाखीका साथ साथीले ति सब कुरा हासोमा उडायो र प्रसगं बदल्यो । म त्यो देखी अचम्मीत भए । मैले सोच्न सकिनँ । यिनिहरुको कस्तो मित्रता हो र कतै भित्रभित्रै यि एक अर्कालाई मन पराउछन् ।म त्यो केटिको बारेमा सोच्न थालें यिनी मेरो साथीको बारेमा के सोच्छिन् ? मेरो धेरै केटि साथीहरु त छन् तर खाशै मिल्ने भने छैनन् । वास्तवमा म मेरो साथी जस्तो मिलनसार पनि छैन ।

जब मैले त्यो केटि मेरो साथीको सबभन्दा मिल्ने मित्र हो भनेको सुनें मलाई यो घटना याद आयो ।
   
   

0 comments:

Post a Comment