Friday, June 26, 2015

प्रेम इस्तिफा

लेखक Pawan on 3:00 AM संग प्रतिकृया छैन
प्रसादले आफ्नी प्रेमीका अनामिकालाई इस्तिफा  दिएर आयो । कसैले जागिर छोडेर इस्तिफा दिएकोमा खासै चासो हुदैन । तर मलाई प्रेमीकालाई इस्तिफा भन्नासाथ  उनिहरुको प्रेमकथा जान्न रहर लाग्छ, त्यस्तो प्रेममा पक्का पनि निवेदन देखि नियुक्तीसम्मको कुरा पनि आउला । प्रसाद मेरो मिल्ने साथी भएकोले मैले उसको प्रेमका लागी सक्दो सहयोग गर्छु । प्रेमको पहिलो प्रस्तावको लागी  प्रेमपत्रपनि मैले लेखिदिएको थिए । जवाफमा एउटा पत्र आएको थियो जसमा प्रसादले मान्नैपर्ने सर्तहरु बुदागत रुपमा लेखिएका थिए । अरु केटिहरु लाई नजर लगाउन नपाइने, सातामा एकपटक घुमाउन लानुपर्ने, अफिसको समयका फोन गर्न नपाइने आदि जस्ता कुरा लेखिएको थियो ।  मैले यस्तो प्रेम सम्बन्ध देखेको छैन । जहासम्म मैले प्रसादलाई जानेको छु, उ एउटा बेरोजगार बिद्यार्थी हो र उ केवल अनामिकालाई मनपराउछ ।


मैले अनामिकालाई देखेको छु । एकचोटी  अनामिकाको जन्मदिनमा उनको लागी उपहार किन्न भनी हामी बजार गएका थियौँ । उपहार किन्ने मामिलामा प्रसाद अली कमजोर छ । हामी पुरा बजार घम्दा पनि चित्त, बुभ्दो सस्तो र सुन्दर उपहार पाइएन । अचानक मेरो ध्यान फुलको दोकानमा सजाएर राखीएको रातोे गुलाबमा पर्याे । साथै एउटा 'ह्यापी बर्थ डे' वाला कार्ड पनि किन्यौँ ।  अनामिका त्यता आउदै छिन् रे, हामीहरु उनको प्रतिक्षा गरिरहेका थियौँ । यस अघी मैले अनामिका लाई देखेको थिइन । कस्ति हालीन् ? पे्रमिका भन्नासाथ भर्खरकी लज्जावती स्वभावकी सुन्दर युवतीको कल्पना हुन्छ र प्रसादले पनि सायद त्यही देखेर मनपराएको होला ।

धेरै बेर पछि एउटा स्कुटर आएर हाम्रो अगाडी रोकियो । 'मेनी ह्याप्पी  रिटर्न्स अफ द डे अनामिका' भनेर प्रसाद उतिर गयो । पहिरनले  कोट,सर्ट र पाइन्ट लगाएकी अनामिका हेर्दा भर्खर अफिसबाट आएकी जस्ती देखिन्थि । जन्मदिन मनाउने भनदापनि उनी कुनै औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनेर आएकी व्यक्तित्व जस्तै लाग्थ्यो । प्रसादले खुशीका साथ 'ह्याप्पी बर्थ डे अनामिका' भनेर  गुलाबको फुल र कार्ड दियोे । अनामिका त्यो कुरा वास्तै नगरी सोधिन् -

"कुनै गिफ्ट किनेको छैन ? "
  प्रसादले खिस्रिक्क पर्दै भन्यो," अहँ "।
"कस्तो छुच्चो ? एउटा गिफ्ट दिन नसक्नेले के माया लगाउनु ।"
"सरी"
प्रसादले शिर निहुरायो । अनामिकाले अबदेखि नभेट्नु भनी  गुलाबको फुल भुइमा फ्याकिन्, कार्ड पनि च्यातचुत पारीन् । प्रसादले घुडा टेकेर माफी माग्यो । अनामिका वास्ता नगरी स्कुटर हुइकाएर लागिन् । म तिन छक परे । माया लाई वस्तु सगँ तुलना गर्ने मलाई त्यो केटीको प्रवृत्ति ठिक लागेन । मैले प्रसादलाई अबदेखि वास्ता नगर्न सल्लाह दिए ।

एक दिन प्रसाद म कहा हसिलो मुहार लिएर आयो । म अचम्ममा परे -के भएछ ?
धेरै दिनदेखि निराश बनेको प्रसादलाई यती खुशी देखेर मैले सोधे-
"के भयो निकै खुशी छौ त ?"
उसले मख्ख पर्दै भन्यो, "मैले इस्तिफा दिएनी ।"
"गफ लाउछस् तलाई जागीर कसले दिएको थियो र ?"
"अनामिकाको .......",यती भन्दै प्रसाद मरी मरी हास्न थाल्यो ।

मैले कुरो बुझे । म पनि मरीमरी हास्न थाले । धेरैबेर सम्म जोडजोडले हासेको आवाज हावामा गुञ्जीयो ।

0 comments:

Post a Comment