Tuesday, March 3, 2015

बिहेको विचार

लेखक Pawan on 5:41 AM संग प्रतिकृया छैन
मंसिर भन्ने बितिक्कै स्वाभाविक रुपमा एउटा सोच आइहाल्छ — बिहे । आजभोलित यस महिनाभरि फेसबुक, ट्विटर मा प्राय यसैलाइ विषयवस्तु बनाएर रचनाहरु का बाढि ओइरिन्छन् । बिहाबारी को कुरामा मेरो मत सधै परम्परागत नै हुन्छन् । प्रेम प्रसंगमा भने मेरो सोच अलि भिन्न छ । कैले काही सोच्छु शेक्सपियर, दान्ते जस्ता व्यक्तित्वहरुले त्यसै प्रेमको गीतकविता रचेका थिएनन् । तापनि यस्तो लाग्छ — यि कुराहरु पढ्न र सुन्न मात्र रोमान्टिक लाग्छन् ।
भनिन्छ केटिहरु प्रेमको मामिलामा अन्तर्मुखी हुन्छन् । तर आजभोलि त केटिहरु को लागी सामाजिक सञ्जाल अत्यन्तै सहज माध्यम बनेको छ । त्यस्तै क्याम्पसमा मुन्टो बटारेर हिड्ने केटिहरु पनि मेसेञ्जरमा गफिन चाहि पछि पर्दैनन् ।

मंसिरकै महिना हो तर दिन याद छैन । बाजागाजा बाहिर सडकमा घन्किएका थिए । म बिल्कुलै कोठाभित्र एक्लो थिए । मुड बदल्नुथियो फेसबुक खोले । फेसबुक पेज पनि बिहामय थियो । एउटा कलेजको मित्रले बिहेको फोटो हालेछ । बिहेमा नगएको भए पनि फोटोमा लाइक दिए ।
एउटीले मेसेज गरिन्,‘ हेलो ।’
सञ्चोबिसञ्चोको बारेमा हुदै कुरा पढाइसम्म पुग्यो ।
मैले भने, ‘ कति को पढिया छ ? ’
तिनले भनिन् — हेर पढ्न धेरै गाह्रो भयो । अब बिहे गरेर घर तिरै बस्नु पर्ला जस्तो छ । हाहाहा ।
मैले सोधे — कैले निम्तो ?
‘केको निम्तो ?‘
‘बिहेको !’
‘त्यै बेला दिउला ।’
‘तिमी त छोरी मान्छे बिहे गरेपछि सकियो । हाम्रो त बुढि पाल्नुपर्छ, गाह्रो छ ।’

‘त्यो त हो तर फेरी म त पुरा परिवार पाल्दिन्छुनि । ’
‘हो र ?’
‘हो नि BF ले अ‍ैले देखि पाल्न सक्दिन भन्छ । त्यै भएर म त उसको पुरा परिवार पाल्दिने हो । हाहाहा । ’

म त छक्क परे र भने,‘कस्तो हुति हारा BF !!! म जस्तो ।’
‘हाहाहा किन तिमी नि त्यस्तै छौ र ?’
‘हो त्यसैले म त आत्मनिर्भर केटिमात्र बिहे गर्ने हो ।’
‘हैन मेरो BF त त्यस्तो छैन । मलाईनै Forward बनाउने हो नि त ।’
‘वाह वाह तिम्रो BF हनुमान, उसको पुच्छर लामो ।’
‘त्यस्तो नभन मेरो चित्त दुख्छ ।’
‘तर एउटा सुझाव है एकचोटिको जिन्दगी बिहे गरेपछि त लगभग सकिहाल्छ । हतार नगरी अघिपछि विचार गरे राम्रो ।’

‘हुन्छ । हेर अ‍ैले त मेरो ।। ले मान्दैन र म पनि गर्दिन । ४/५ वर्ष पछि विचार गर्नुपर्ला ।’
अब म झन् अलमलमा परे ।
फेरि लेखिन्, ‘तर जात फरक छ। घरमा पो के गर्लान् ?, तनाव छ ।'
‘कुन जात हो ?’
‘बाहुन तर छुट्टै खालको ।’
मैले कताकता असहज महसुस गरे । हत्तपत्त कुरा टाल्नु बुद्धिमानि हुने ठानि भने,‘यो लवसव म त दुरबाट बाइबाइ ।’
‘हाहाहा हुन्छ  बाइबाइ ।’
एकैपलमा तिनिको नाम अघिको ‘हरियो बत्ति’ निभ्यो । न्युज फिड्स मा अघिकै मित्रको बिहेकै फोटो फेरि देखापर्यो ।
‘अहो कति धेरै लाइक । अब त दिक्क लाग्यो । ’
मेरो पालो त्यो फोटो अनलाइक गर्दिए अनि लग आउट गरे ।

0 comments:

Post a Comment