एक बिहान आठ बजे उठे । आखा मिच्दै गर्दा मेरो दोस्त समिरले वासुदेवको कार्यक्रममा सगैँ जाने कुरा झल्यास्स सम्झे । अहो अब त बित्यो हतार हतार आफुलाइ तयार गरे । खाना साना छिटो खाएर रत्नपार्क निस्के । उसोत ' जहिले ढिला आउछस' भन्छन साथीहरु । त्यसमाथि सवा नौ मा पुगे । गोकर्ण र समिर मलाइ पर्खेर बसेका रहेछन' । समिरत भर्खरै आएको रहेछ । गोकर्णले राम्रो जानकारी नपाएर एक घन्टा कुर्नुपरेछ ।
अब हामी जावलाखेलतर्फ लाग्यौँ । कक्षामा हमेशा केही प्रश्न गर्ने भएर वासुदेवले त्यहा केही प्रश्न गरोस भन्ने मनोसाय प्रकट गरेको थियो । ठन्डीमा शिर्षक उपयुक्त थियो, 'Global Warming' ।
सब आआफ्नो काममा व्यस्त थिए । समिर र मैले सगैँ रहने हिसाबले बाहिर नाम टिपाउने टेबल छान्यौँ । बिस्तारै सहभागीहरु आउने क्रम बढयो । हामीले भने कोही राम्री केटी आइन भने परिचय गर्ने योजना बनायौँ । लगालग थुप्रै केटीहरु आए तर मन खाएन । एकछिन फुर्सद मिलेपछि एउटालाइ अल्झाएर हामी भित्र लाग्यौँ । भित्रत झन उराठलाग्दो रहेछ । खैर हामी भलादमी बनेर एक ठाउमा बस्यौँ । वरिपरि यसो नजर लगायौँ । सब मध्यरातका चौकीदारझै देखिन्थे ।
एक्कासी मेरो ध्यान आफ्नो सामुन्नेकी एउटी केटी माथी गयो । तिनी असाध्यै राम्री थिइन् । ‘हसिलो मुहार , मृगनयन’ खै के के भन्थे ति कविहरु, तिनि त्यस्तै रुपवान थिइन् ।
‘मैले एउटा पानामा तिम्रो भाउजु हाम्रै सामुन्ने छिन , नमस्ते गर !’ भनि लेखेर समिरलाइ दिए ।
‘ चुप, तिनिलाइ त मैले आखा सन्काइसके ', जवाफ आयो ।
गोकर्णले पाना तानेर लेख्यो,’ जबतक लड्की कुमारी, ना तेरी ना मेरी ।’
तर हाम्रो ध्यान तिनीबाट हटेन । खासगरी म त कठपुतलीझै तिनीको हाउभाउमा चल्न लागे । तिनी हास्दा हास्ने, ताली बजाउदा बजाउने म त पागल भएको थिए । जेभएनी कार्यक्रमको तालमेल बिग्रेको थिएन । अब बल्ल मुड बन्यो अनी ति भाषण सुन्न लागे । त्यसबखत मैले चतुरताका तिनी केटीको फोटो मोबाइलबाट खिचे ।
अन्तक्र्रियात्मक कार्यक्रममा मैले उर्जाका साथ प्रश्न राखे । अचम्म यो भयो कि भरपुर माहोलमा प्रश्नहरु गर्ने म एक्लो बने । आफ्नो क्याम्पसको प्रतिनिधि बनेर त्यत्रा अस्कल, पिके, त्रिचन्द आदि नामी क्याम्पसका लगभग सय विद्धयार्थीहरु माझ मैले गौरव महसुस गरे ।
अन्तिममा वासुदेव र कुशलले कार्यक्रमको इज्जत राखेकोमा धन्यवाद दिए । तर मलाइ ति धन्यवादहरुले घोच्न थाल्यो ।’ जाबो एउटी मनपरेकी केटीसगँ बोल्न नसक्ने , म के आटिलो छु र ?’
हामी दुई निराश बनि फर्किन लाग्यौँ । मैले यसो गोकर्णलाइ सम्झे । समिरले हास्दै औलाले अगाडी देखायो । गोकर्ण ति केटीका पछाडी सुस्तरी कुदिरहेको थियो । त्यो दृश्य यति रमाइलो थियोकी हामी मरीमरी हास्न लाग्यौँ । तर त्यसलेनि आट गर्न सकेन र चुपचाप फक्र्यो ।
केहिछिनपछि समिरले तिनी गएको गाडि देखायो । मलाइ त्यो गाडिले गिज्याएको जस्तो लाग्न थाल्यो ।
गोकर्णले फेरी त्यही लाइन दोहो¥यायो,’ जबतक लड्की कुमारी, ना तेरी ना मेरी ।’
Nice keep it up.
ReplyDelete