Tuesday, November 25, 2014

हरियो बत्ति - A Green Signal

लेखक Pawan on 12:59 AM संग प्रतिकृया छैन
म र साथीहरु English को क्लास लिदै थियौँ । सर आफनो शैलीमा हामीलाइ निबन्धका परिकारहरु चखाउदैहुनुन्थ्यो । हामी एकसुरले सरको lecture मा ध्यानमग्न भएका थियौँ ।
त्यसै बखत एउटी केटीले मसगँ कापी सार्न भनि मागिन् । 'लौ सार' भनेर तिनीलाई कापी दिए । जहासम्म मलाइ याद छ , मैले तिनीलाई अघिल्लो वर्ष क्याम्पसमै देखेको थिइन् । त्यसै सिलसिलामा चिनाजाना भो । अचम्म के भो भने हरेक कक्षामा तिनी म सगैँ बसिन् । हाम्रो विषयपनि मिल्दो रहेछ ।
पछिपछि भेट हुने, बोल्ने क्रम जारी रह्यो । एकपटक के भो भने हामी साथीहरु सगैँ घर फर्कदै थियौँ । मेरो नजर हाम्रो अगाडि एक्लै हिडदै गरेकी त्यै केटी माथी गयो । गफको सुरमा त्यस्तो वास्ता भएन । तर जब सब छुट्टीएर गाडी कुर्ने बेला भो तिनी मेरो समिप आएर उभिइन् ।

‘कहा बस्ने होर ?', मैले सोधे ।
'बनस्थली', तिनीले छोटो जवाफ दिइन ।
'ए , म त खरीबोट बस्छुु', मैलेपनि यति बोल्नु उचित ठाने ।
त्यतिकैमा गाडी आयो - खरीबोटको ।
म भन्दा अघि तिनी एउटा सिटमा गएर बसिन । म तिनीको ठिक अगाडि सिटमा बसे । तिनीले मलाई कोट्टाएर आफुभएतिर बोलाइन । मैले सोचे '२१औ शताब्दीकी केटी' , छाती फुलाएर तिनी सगैँ गएर बसे । बाटोमा खासै कुरा भएन । घरपुगेपछि दिमाग पानी घट्टसरि घुम्न लाग्यो । 'मुड बदल्नुपरोु' ,फेसबुक खोले । ‘बा गज्जब छ',Msg आएछ त्यही केटीको ।
गरेकी रैछे,'हेलो '।
मैले जवाफ दिए, 'हाई' ।
त्यसैगरी कुराकानी चल्न थाल्यो । कुरैकुरामा तिनीले मलाइ ‘तपाइ कस्तो मनपर्छ 'भन्न भ्याइन । मैले सरको expression झल्यास्स सम्झे । बारम्बार दिमागले एउटै सल्लाह दियो -'पोथी बास्नु अनिष्टको संकेत हो र यो जे भइरहेछ छ,अस्वभाविक छ ।’ सरले कस्तोरी मुख बनाएर D.H Lawrence को Cocksure men Hensure women  पढ्दा यि कुरा भन्नुभाथ्यो ।
मैले तिनीको मन चोर्न dating जाने प्रस्ताव राखे । तर तिनीले 'आफनो भाइले गाली गर्छ, बरु बिदापछि कलेज जाने निहु पारेर सेतो गु्म्बा जाउला' भनिन् । तब मैले निर्णायक रुपमा कुरा राखे ,' हेर यो उमेर भनेको पढने उमेर हो । लभसभको चक्करमा फसियो भने जिन्दगी डुब्छ । Dating जाने कुरा त मैले मन चोरेको मात्र हो । त्यसको कल्पना पनि नगर्नु ।'
करीब पन्ध्र मिनेट पछि गतिलो जवाफ आयो ,' सरि मैले त मनपर्छ भन्नुको अर्थ तिम्रो bestfriend बन्छु भनेको हो । मेरो intention कदापि गलत थिएन ।’
अन्त्यमा कम्प्युटर स्क्रिनमा तिनको नाम सगैँको हरियो बत्ती निभ्यो ।

0 comments:

Post a Comment