साहारा
कविराजले आँखा उघा¥यो । तर दिनले आँखा छोपेजस्तो छ । बाहिर मौसम धुम्म देखिन्छ । पानी पर्छ कि कसो ? कविराजलाई शंका लाग्यो ।
तर काम गर्न जानुपर्ने । जुरुक्क उठ्न खोज्यो । एकास्सी टाउको रनक्क भएर आयो । कविराजलाई निकै साह्रो दुखाइको महसुस भयो । उनले सिरकभित्र शिर लुकाएर बस्नुमा नै ठिक ठाने ।
तर उनलाई जागिरमा नगै नहुने । केहिबेर त उनलाई जबर्जस्ती उठेर हिंडू जस्तो लाग्यो । कहिले केहि हुनुनपर्ने, आज अचानक टाउको दुख्न लाग्यो । यस्तो भर्खरको उमेरमा पनि असह्य जस्तो हुने भइयो । आफुलाई झन बुढेसकालमा पनि कसैको साहरा नलिई बाच्न पाइयोस भन्ने ठुलो इच्छा छ । अरुको भरमा बाच्नु पनि के जिन्दगी ? एक्लै संघर्ष गर्छु भनि तीस वर्षको हुँदासम्म बिहे त गरिएन । कविराज रीसको झोकमा सिरक भित्रै हिनताको भावमा मनमा कुरा खेलाइरहेका थिए ।
कविराजलाई तातो चिया खान मन लागेर चिच्याए “रामे ओइ रामे”। उनले सम्झिए–रामे त आफ्नी बुढी बिरामी छिन् भनेर खर्च लिइओरी घर‘पो गएको थियो ।
बुढी हजुरआमा हातमा एक गिलास तातो पानी लिएर कोठा भित्र पसिन् । मधुरो आवाजमा उनले कविराजलाई बोलाउदै भनिन् “बाबु कविराज, के भयो, हँ ?”
कविराजले स्वर बिगार्दै भन्यो “केहि भएन आमोइ, हल्का टाउको दुख्या छ ।”
कविराजले विस्तरको भित्तामा अडेस लगाएर तातो पानी सुरुप्प पा¥यो । उनलाई अचम्म लाग्यो । आमोइले नुन, बेसार अदुवा ज्वानु हालेर तातोपानि ल्याएकी थिइन् । यती बुढो भएर पनि कति जागर लगाउनुभएको ?
एकछिन कपाल कन्याएर तिनले आमोइलाई सोधे, “आमोइ बुढी भएरपनि कति जागर चलाउनुभएकी ?
यस्तो भर्खरको नातीलाई नि यत्रो स्याहार गर्नुपर्छ त ?”
“ अहिलेसम्म तिम्रा बुवाकाकाहरुलाई जन्माएर हुर्काइयो । नातीको स्याहार गर्न कुन ठुलो कुरा भयो र ? ”, आमोइले भनिन्”, “अब हामी त डाँडापारिको घाम भइहाल्यौ । अब तिमीले पनि नातिनीबुहारी ल्याउनुपर्छ, बाबु ।”
कविराज एकछिन अलमलमा प¥यो । त्यसपछि फेरी सिरकले मुख छोपेर घारिन लागे “ यी आमोइ पनि के के बोल्छिन् ? दिनभरी छरछिमेकमा दशथरी कुरा सुन्यो । कहिले फलानाकी छोरी भन्दै बिहे प्रस्ताव बोकेर आउछिन् । यो संसारमा बिहे नभई जुनी चल्दैन र भन्या ? गौतम बुद्धले आफ्नो घरबार त्यागेर संसारलाई हित गर्ने मार्गदर्शक बने । मलाई त बिहे एउटा भुमरी जस्तो लाग्छ । जसमा परेपछि उम्कन निकै गाह्रो हुन्छ ।”
मध्यान्ह १२ बजेतिर कविराज सकिनसकि उठ्ने कोसिस गरे । तर रिगंटा लागेर उनि फेरी ओछ्यानमा लड्न पुगे । त्यसपछि आफ्नो दुर्बलता देखि हरेस खादै उनि फेरी सिरकले मुख छोपे । भोक लाग्यो । उनको पेट अचानक कराउन लाग्यो ।
एकछिनपछि आमोइले ‘बाबु’, ‘बाबु’ भन्दै बोलाको सुनियो । कविराजले सिरक उघारेर हे¥यो । आमोइले एउटा कचौरामा तातो सुप लिएर आउनु भएछ । उनि फेरी अडेस लाएर बसे ।
कविराजले नाक खुम्चाउदै भन्यो “कति दुख ग¥या बुढीमाउ ? नातीलाई पाप कटाउने सोच छ हो ?”
आमोइले चर्को रुपमा जवाफ दिइन्, “पुण्य कमाउन त बुहारी भित्र्याउनु पर्छ । म छन्जेल त यतीको स्याहार भै‘छ । भोली म नहुँदा कसले हेर्छ ?”
कविराज स्तब्ध भयो । भविष्यको बारेमा सोच्न लाग्यो । साच्चै हो त । अहिले बिरामी हुँदा त बुढी हजुरआमाको सहारा चाहिएको छ । भोली बुढेसकालमा एक्लै त कसरी बाच्नु ? बुढापाकाहरुले भनेकै छन् ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’। सानो हुँदा आमाबुवाले नहुर्काको भए आफु यत्रो ठुलो भइदैनथ्यो होला । एकअर्काको भर नपरि त संसार नै चल्दैन । त्यसपछि उनलाई निद्राले छोप्दै गयो ।
भालि बिहान कविराजको आँखा सबेरै उघ्रियो । उनि हिजोभन्दा अलि बढि नै स्वस्थ देखिन्थे । उनले ‘आमोइ’ भन्दै बोलाए । हजुरआमा तातो चिया लिएर भित्र पसिन् । नातीको उज्यालो मुख देखेर आमोइ दगं परिन् ।
कविराजले आमोइसँग दराजमा थन्काएर राखेका कन्याका तस्विरहरु देखाउन भन्यो । आमोइले एकैछिनमा दश बित्ता उफ्रेर गई तस्विरहरु लिएर आइन् । त्यसपछि आमोइ र नाती मिलेर पालैसित प्रत्येक तस्विरहरु नियाल्न लागे । कसैका आँखा साना कसैका नाक ठुला । आमोइले आफुलाई मनपर्ने केटिको तस्विर देखाइन् । ज्यानले अलिकति मोटी भएपनि कविराजलाई त्यो केटी मनप¥यो ।
0 comments:
Post a Comment